स्वार्थ बाँझिने गरी निफ्रा र ग्लोबल आइएमई बैंकको बोर्डमा चन्द्र ढकाल, हटाउने तयारीमा राष्ट्र बैंक

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष हुन् चन्द्र प्रसाद ढकाल । ढकाल एफएनसीसीआइको वरिष्ठ उपाध्यक्षमात्रै नभएर ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन् भने, सो ग्रुपद्वारा लगानी गरिएका रेमिट्यान्स कम्पनी, बैंक, बीमा, पर्यटन क्षेत्र, हाइड्रोपावर, अटोमोवाईल्स, पूर्वाधार, केवलकार लगायतका आधा दर्जन कम्पनीहरुमा उनी संचालक समितिमा छन् । ढकालले कानुनले दिएको सहुलियतको सदुपयोग गर्दै ग्लोबल आइएमई बैंकको अध्यक्ष हुँदा हुँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) समेत संचालक समितिमा छन् । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशिकाअनुसार एकै जना व्यक्ति एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको संचालक हुन पाउँदैन । तर, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को संशोधित व्यवस्थाले भने एकिकृत निर्देशनको सो व्यवस्था अमान्य गराएको छ । राष्ट्र बैंकको व्यवस्था र बाफियाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको संचालक सो संस्थाको संस्थापक समुहबाटै छनौट गर्नु पर्छ । चन्द्र ढकालको ग्लोबल आइएमईमा ३.६२ प्रतिशत सेयर स्वामित्व छ भने, निफ्रामा ०.५ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । तर, राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएको अर्थात् राष्ट्र बैंकबाटै नियमन हुने एकभन्दा बढी संस्थामा एकै जना व्यक्ति संचालक हुन पाउँदैन । ग्लोबल आइएमई र निफ्रा दुबै नेपाल राष्ट्र बैंकद्वारा नियमन गरिने संस्था हुन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि … Continue reading स्वार्थ बाँझिने गरी निफ्रा र ग्लोबल आइएमई बैंकको बोर्डमा चन्द्र ढकाल, हटाउने तयारीमा राष्ट्र बैंक