सम्भव देखियो इन्ट्रा डे कारोबार, झण्डै ४० कम्पनी योग्य

काठमाडौं । नेपालमा पनि धितोपत्रको इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । नेपाल स्टक एक्सचेञ्जले गरेको अध्ययनले केहि कानुनी सुधार र केहि प्रणालीगत सुधारपछि धितोपत्रको अन्तरदिवसिय (इन्ट्रा डे) कारोबार सम्भव देखिएको हो । नेप्सेले सूचना अधिकारी मुराहरी पराजुलीको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । ‘प्रविधिमा भएको विकास, कारोबारको आकारमा भएको वृद्धि, फैलँदो लगानीकर्ताको समुदायलाई दृष्टिगत गरि अन्तरर्दिवसीय कारोबार सम्भव र आवश्यक छ भन्ने आँकलन गर्न सकिन्छ’, प्रतिवेदनको मस्यौदामा भनिएको छ । हाल दोश्रो बजारमा सहभागी हुन सक्ने लगानीकर्ताहरुको संख्या ५ लाख पुगेको छ भने अनलाइन ट्रेडिङ सिस्टम(नट्स)मा ३ लाख ७६ हजार लगानीकर्ता सहभागी भैसकेका छन् । हाल कारोबार राफसाफका लागि टी प्लस टु कायम गरिएको छ । अर्थात सेयर किनबेच गरेको तीन दिनभित्र खातामा पैसा वा डिम्याट एकाउण्टमा सेयर आईसक्नेछ । समितिमा मर्चेण्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा, ब्रोकर एसोसियनका अध्यक्ष सन्तोष मैनाली, सिडिएससीका प्रतिनिधी सदस्य थिए । ‘अन्तरर्दिवसिय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७’ अनुसार नेपालमा इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये करिब ४० वटा कम्पनी इन्ट्रा डे कारोबारका लागि योग्य ठहरिने देखिन्छ । र तिमध्ये अधिकांश बाणिज्य बैंकहरु हुने देखिन्छ । ‘अध्ययनको काम अन्तिम चरणमा पुगेको छ, प्रतिवेदन बुझाएपछि नेप्सेले स्वामित्व लिन्छ र धितोपत्र बोर्डलाई पठाउँछ’, अध्ययन समिति … Continue reading सम्भव देखियो इन्ट्रा डे कारोबार, झण्डै ४० कम्पनी योग्य