अर्थ र गृहमन्त्री फेर्न चौतर्फी दबाव, ‘सुन तस्करी जाँचबुझ आयोग’को अस्त्र प्रयोग हुँदै

काठमाडौं । सरकारमाथि अर्थमन्त्री र गृहमन्त्री फेर्न चौतर्फी दबाव बढिरहेका छ । गत साउन ३ गते सिनामंगलबाट समातिएको ६० किलो सुन पनि अर्थ मन्त्री र गृहमन्त्री मातहतलाई पार गरेर निस्केपछि प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । अर्थ मन्त्रालय मातहतको भन्सार प्रशासन र गृह मातहतको नेपाल प्रहरीको चेकाजाँच छिचोेलेर बाहिरिएको सुन प्रधानमन्त्री मातहत रहने निकायले समातेपछि अहिले त्यहि बिषयसँग जोडेर अर्थमन्त्री र गृहमन्त्री फेर्ने तयारी भैरहेको छ । अर्थमन्त्रीको कार्य सम्पादनबारे नेपाली काँग्रेस निकटका व्यवसायीहरुले नै सभापति शेर बहादुर देउवालाई भेटेर सचेत गराईसकेको स्रोतले बतायो । अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने बैंकहरुले सरकार विरुद्ध सर्वाेच्च अदालतको संबैधानिक इजलासमै मुद्धा हालिसकेका छन् । सर्वाेच्च अदालतले असोज १६ गते पहिलो सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ भने कात्तिक २२ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । काँग्रेस निकट व्यवसायीहरुले नै सार्वजनिक रुपमै अर्थमन्त्रीको कार्यशैलीका कारण अर्थतन्त्र धरासायी बनिरहेको आरोप लगाई रहेका छन् । त्यसमा पनि अर्थतन्त्र र निजी क्षेत्रका पीँडाबारे एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय सरकार विरुद्ध हमला गरिरहेका छन्, जसले निजी क्षेत्रलाई आकर्षित गरिरहेको छ । यीनै बिषयहलाई लिएर काँग्रेस भित्र अर्थमन्त्री फेर्न सभापति देउवामाथि दबाव बढिरहेको छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले नै अमेरिका–चिन भ्रमणपछि मन्त्रिमण्डल पुनर्गठनको वचन देउवालाई दिएका थिए । एमाले … Continue reading अर्थ र गृहमन्त्री फेर्न चौतर्फी दबाव, ‘सुन तस्करी जाँचबुझ आयोग’को अस्त्र प्रयोग हुँदै