अर्थमन्त्री बन्ने दौडमा वर्षमान, जनार्दनदेखि गगन, विनोदसम्म, कसले मार्ला बाजी ?

काठमाडौं । उच्च राजनीतिक नेतृत्वबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेसँगै अर्थमन्त्री बन्ने दौड सुरु भएको छ । सत्तारुढ गठबन्धनबीच अर्थ र गृहमन्त्री फेर्ने समझदारी बनिसकेको छ भने एकीकृत समाजवादीका दुई मन्त्रीहरु पनि फिर्ता बोलाएर नयाँ २ जनालाई पठाउने तयारी छ । सबै भन्दा ‘हट केक’ बनेको अर्थमन्त्रीका लागि भने आधा दर्जन आकांक्षीहरुले लबिङ थालेका छन् । कांग्रेस र माओवादीबीच अर्थ र गृहमन्त्री साटफेर गर्ने तहको छलफल पनि भैरहेको छ । त्यस्तो अवस्थामा माओवादीले अर्थ मन्त्रालय लिएर कांग्रेसले गृह सम्हाल्न पनि सक्छ । त्यस्तो अवस्थामा माओवादीबाट अर्थमन्त्रीका लागि वर्षमान पुन र जनार्दन शर्मामध्ये एकले जिम्मेवारी पाउनेछन् । अर्थ मन्त्रालय कांग्रेसले नै लिने हो भने आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । अर्थमन्त्री डा. प्रकाश करण महतको कमजोर कार्य सम्पादनका कारण अर्थतन्त्र खस्किएको, निजी क्षेत्रको मनोबल बिग्रिएको र कांग्रेसप्रति व्यवसायीहरुको धारणा नै बिग्रेको भन्दै उनको विकल्पको खोजी भैरहेको छ । कांग्रेसको आन्तरिक सत्ता समीकरण र आगामी महाधिवेशनको नेतृत्व लगायतका पक्षहरुलाई ध्यानमा राखेर मन्त्रिपरिषद् पुनर्गठन हुने स्रोत बताउँछ । कांग्रेसबाट अर्थमन्त्री बन्नका लागि गगन थापादेखि, विनोद चौधरी, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, उदयशमशेर राणासम्मले इच्छा देखाइरहेको स्रोत बताउँछ । त्यसो त कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री बन्ने चाहना राखेको स्रोत बताउँछ । जनार्दन भर्सेस वर्षमान माओवादी केन्द्रले अर्थमन्त्रालय सम्हाल्ने अवस्था सृजना भउमा … Continue reading अर्थमन्त्री बन्ने दौडमा वर्षमान, जनार्दनदेखि गगन, विनोदसम्म, कसले मार्ला बाजी ?