Shikhar Insurance

अर्थमन्त्री बन्ने दौडमा वर्षमान, जनार्दनदेखि गगन, विनोदसम्म, कसले मार्ला बाजी ?

सिंहदरबार संवाददाता
२०८० आश्विन १९, शुक्रबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । उच्च राजनीतिक नेतृत्वबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेसँगै अर्थमन्त्री बन्ने दौड सुरु भएको छ । सत्तारुढ गठबन्धनबीच अर्थ र गृहमन्त्री फेर्ने समझदारी बनिसकेको छ भने एकीकृत समाजवादीका दुई मन्त्रीहरु पनि फिर्ता बोलाएर नयाँ २ जनालाई पठाउने तयारी छ ।

सबै भन्दा ‘हट केक’ बनेको अर्थमन्त्रीका लागि भने आधा दर्जन आकांक्षीहरुले लबिङ थालेका छन् । कांग्रेस र माओवादीबीच अर्थ र गृहमन्त्री साटफेर गर्ने तहको छलफल पनि भैरहेको छ । त्यस्तो अवस्थामा माओवादीले अर्थ मन्त्रालय लिएर कांग्रेसले गृह सम्हाल्न पनि सक्छ । त्यस्तो अवस्थामा माओवादीबाट अर्थमन्त्रीका लागि वर्षमान पुन र जनार्दन शर्मामध्ये एकले जिम्मेवारी पाउनेछन् । अर्थ मन्त्रालय कांग्रेसले नै लिने हो भने आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री डा. प्रकाश करण महतको कमजोर कार्य सम्पादनका कारण अर्थतन्त्र खस्किएको, निजी क्षेत्रको मनोबल बिग्रिएको र कांग्रेसप्रति व्यवसायीहरुको धारणा नै बिग्रेको भन्दै उनको विकल्पको खोजी भैरहेको छ । कांग्रेसको आन्तरिक सत्ता समीकरण र आगामी महाधिवेशनको नेतृत्व लगायतका पक्षहरुलाई ध्यानमा राखेर मन्त्रिपरिषद् पुनर्गठन हुने स्रोत बताउँछ ।

कांग्रेसबाट अर्थमन्त्री बन्नका लागि गगन थापादेखि, विनोद चौधरी, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, उदयशमशेर राणासम्मले इच्छा देखाइरहेको स्रोत बताउँछ । त्यसो त कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री बन्ने चाहना राखेको स्रोत बताउँछ ।

जनार्दन भर्सेस वर्षमान
माओवादी केन्द्रले अर्थमन्त्रालय सम्हाल्ने अवस्था सृजना भउमा पूर्वअर्थमन्त्रीद्धय जनार्दन शर्मा र वर्षमान पुनमध्ये एकजनाको पल्ला भारी हुनेछ । प्रचण्डपछिको राजनीतिक नेतृत्वका लागि प्रतिष्पर्धा गरिरहेका यी दुईबीच पछिल्लो ‘समय मिलेर जाने, दुबै नेता हुने’ गरी समझदारी बनेको स्रोत बताउँछ । प्रचण्डले नेत्र विक्रम चन्दलाई पार्टीमा ल्याउने संकेत गरेपछि यी दुईले मिलेर जाने समझदारी गरेका हुन् ।

कांग्रेसमा लर्काे
डा. प्रकाश शरण महतलाई हटाएर पुनः कांग्रेसकै अर्थमन्त्री बन्ने अवस्था आएमा त्यसको स्वभाविक दावेदर महामन्त्री गगन थापा हुनेछन् । त्यस बाहेक पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि प्रवल दावेदार हुन् । नेपालका एक मात्र घोषित डलर अर्बपति बिनोद चौधरीले पनि सुरुदेखि नै अर्थमन्त्री बन्ने प्रयास गरिरहेका थिए । कांग्रेस भित्र देउवा र गगन थापाहरुलाई सन्तुलनमा राख्न सक्ने क्षमता भएका चौधरीको पनि पल्लाभारी हुन सक्नेछ । त्यसो त ज्ञानेन्द्र कार्कीकै पालामा अर्थ राज्य मन्त्री बनेका उदय शमशेर राणाले पनि इच्छा देखाएका छन् ।

ड्यामेज कन्ट्रोलको खोजीमा नेतृत्व
यतिबेला अर्थतन्त्रमा अपेक्षाकृत सुधार गर्न नसकेको भन्दै सरकार र सत्तारुढ गठबन्धनमाथि चौतर्फी दबाव बढिरहेको छ । अर्थतन्त्र सुधारको मूल जिम्मेवारी लिएर बसेका अर्थमन्त्री डा. प्रकाश शरण महतले उल्टै ‘बिजनेस कम्युनिटी’लाई भड्काएको निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा पुगेको स्रोत बताउँछ ।

अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल बिमा प्राधिकरणका अध्यक्षसँगको सम्बन्ध पूर्णतः बिगारेका छन् । उता, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको नेतृत्वहरुले खुलेरै सरकारी नीतिहरुको विरोध गरिरहेका छन् । लगानीकर्ताको कमजोर मनोबल उकास्न लाग्नुपर्ने अर्थमन्त्रीले उल्टै निजी क्षेत्रको मनोबल गिराउन भूमिका खेलेको आरोप उनीहरुले लगाइरहेका छन् ।

अर्थतन्त्रको मेरुदण्ड मानिएको बैंकिङ क्षेत्र पनि सरकारी नीतिको विरुद्ध उभिएको मात्रै छैन्, सर्वाेच्च अदालतमै पुगिसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले ड्यामेज कन्ट्रोलको टुल्स खोजिरहेको बताइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्