Shikhar Insurance

सर्वसाधारण भन्छन् : लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हो

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १७:०५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आजदेखि दुईदिने लगानी सम्मेलन सुरु गरेको छ । सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरेको हो ।

जसमा विभिन्न एक सय ५१ वट परियोजना सोकेस समेत गरेको छ । लगानी सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब दुई हजार व्यक्ति आउनुभएको छ । सरकारले निकै महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनबारे सर्वसाधारण के भन्छन् त ?बालाजुका रवि मित्रकोटी लगानी सम्मेलन मुलुकमा लगानी ल्याउनका लागि राम्रो अवसर भएको बताए । उनले विगतको लगानी सम्मेलबाट अपेक्षाकृत लगानी नआएको भन्दै यसपटक यो अवसर गुम्न दिन नहुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा लगानी हुनु त राम्रो कुरो हो तर, विगतको सम्मेलन कतिको प्रभावकारी भयो ? समीक्षा गर्न जरुरी छ उनले भने ‘कुरा गरेर मात्रै विकास हँुदैन, सरकारको कार्य परिणाम आउनुपर्छ ।’ खासगरी नेपालमा पर्यटन र कृषि क्षेत्रमा लागनी हुनसके देशको अर्थतन्त्र उकास्न सकिने उनको धारणा छ ।

त्यस्तै अधिवक्ता भुपेन्द्र पोखरेलले सरकारकाले गरिरहेको लगानी सम्मेलन औपचारिकतामा सीमित हुन नहुने बताए । लगानी ल्याउनका लागि देखिएका कानूनी र प्रक्रियागत झन्झट हटाएर विदेशीलाई हाम्रो देशमा लगानी गर्न सहज वातावरण सिर्जना गर्न आवश्यक छ उनले भने ‘यस लगानी सम्मेलनमा लगानी अनुकुलको वातावरण बनोस् ।’

शङ्खमुलकी गौरा कायस्थले देश विकासमा लगानी जुटाउन सरकारले गरेको कदम प्रशंसनीय रहेको बताए । तर सम्मेलन लगानी ल्याउन कति प्रभावकारी हुन्छ भन्ने अर्थमा सफल र असफल भन्न सकिने उनको भनाइ रहेको छ । ‘पैसा मात्रै जुटाउनु ठूलो कुरा होइन, पैसाको सही स्थानमा प्रयोग भएन भने त्यसको अर्थ हुन्न’ उनले भने ।

एकता फाउन्डेशनका अध्यक्ष एवं अधिकारकर्मी रामहरि शाही समुन्द्रीले लगानीले भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक र बौद्धिक क्षेत्रको विकासमा पनि लगानी आह्वान हुनुपर्नेमा बानेश्वरका जीवन राईको तर्क छ । कला क्षेत्रमा करिअर बनाउँदै गरेका उनले कला क्षेत्रलाई पनि उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । “कलामा लगानी गर्नसके राज्यलाई फाइदै हुन्छ उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्