Shikhar Insurance

‘नेपालमा ४ विलियन डलर लगानी गर्न सकिन्छ’-सुप्रमित दत्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १६:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा ४ विलियन डलर लगानी गर्न सकिने भारतीय उद्योग परिसंघका अध्यक्ष सुप्रमित दत्तले बताएका छन् । सोल्टी होटलमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै अध्यक्ष दत्तले नेपालमा लगानी बढाउन सकिने बताएका हुन् ।

सम्मेलनमा बोल्दै अध्यक्ष दत्तले भने ‘हाम्रो संस्थाले नेपाल र भारतको सम्बन्धलाई थप मजबुद बनाउन सक्छ, दुई देशबिच सहकार्यको धेरै संम्भावना छ, पर्यटन , पुर्वाधार , जलविद्युत प्रविधि र प्राकृतिक श्रोतमा लगानी गर्न सकिन्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमा रोड रेलवे विकासमा काम गर्न सकिने उनको भनाई छ । यस्तै, भ्यालुचेन र फूड प्रोसेसमा समेत सम्भावना छ । नेपालमा ४ विलियन डलरको व्यावसाय गर्न सकिन्छ जस्ले नेपालम व्यापक मात्रामा रोजगार सृजना हुन्छ ।

नेपालमा जलविद्युतको माध्यमबाट एसियाकै क्लिन इनर्जीको हब बन्न सक्ने अध्यक्ष दत्तको भनाई छ । उनले सुर्य नेपालले प्राली नेपालमा राम्रो व्यावसाय गरिरहेको कम्पनी भएको उदाहरण समेत दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्