अर्थमन्त्रीको ‘परफरमेन्स’बारे शेरबहादुर देउवाको सोधीखोजी, कोर टिमले नै छाड्यो डा. महतको साथ

काठमाडौं । सर्वत्र आलोचनाको पात्र बनिरहेका अर्थमन्त्री डा. प्रकाश शरण महतको परफरमेन्सबारे नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि सोधीखोजी सुरु गरेका छन् । आफुलाई भेट्न आउने उद्यमी व्यवसायी, कर्मचारीदेखि पार्टीका नेता कार्यकर्ताहरुसँग देउवाले अर्थमन्त्रीको परफरमेन्सबाट सोधीखोजी सुरु गरेका हुन् । तर देउवाले जिज्ञासा राखेका अधिकांशले भने अहिलेको सरकारमा सबैभन्दा अलोकप्रिय पात्र नै अर्थमन्त्री रहेको र त्यसले काँग्रेसलाई नोक्सानी पुर्याईरहेको गुनासो देउवासँग गरिरहेको स्रोत बताउँछ । त्यसो त देउवाको कोर टिममा पनि अर्थमन्त्रीको परफरमेन्सबाट निकै ठूलो गुनासो रहेको बताइन्छ । ‘अहिलेको क्याबिनेटकै कमजोर परफरमेन्स भनेको अर्थमन्त्रीकै हो, उहाँकै कारण काँग्रेस माथि चौतर्फी प्रश्न उठिरहेको छ’, सभापति देउवासँग भेट गरेका एक व्यवसायीले भने । अर्थमन्त्रीले कसैको पनि कुरा नसुनेको, अर्थ मन्त्रालयको टिम चलाउन नसकेको, उद्यमी व्यवसायीलाई थप चिढ्याएको भन्दै काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा कडा आलोचना भएको थियो । सुरुमा शेखर–गगन समुहका नेताहरु मात्रै अर्थमन्त्रीको विपक्षमा थिए । तर अहिले भने देउवा क्याम्पमै डा. महतको विकल्प खोजिहाल्नु पर्ने अन्यथा पार्टीलाई ठूलो क्षति हुने बिषयले प्राथमिकता पाउन थालेको छ । ‘अहिले त सभापतिको कोर टिममै पनि अर्थमन्त्रीको परफरमेन्सबाट गम्भिर प्रश्न उठिरहेको देखिन्छ, सभापति आफैंले पनि चासो देखाएर अब विकल्प खोज्ने हो भन्नु भएको छ’, स्रोतले भन्यो । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेर बहादुर देउवाबीच अर्थमन्त्री र गृहमन्त्री नहटाउने … Continue reading अर्थमन्त्रीको ‘परफरमेन्स’बारे शेरबहादुर देउवाको सोधीखोजी, कोर टिमले नै छाड्यो डा. महतको साथ