Artha Main

युवा उद्यमी मैत्री बजेटः चिराग गोयल

काठमाडौं । युवा उद्यमी मञ्च काठमाडौंका अध्यक्ष चिराग गोयलले बजेट युवा मैत्री भएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट सुनिसकेपछि सिंहदरबारसँग कुरा गर्दै उनले युवा उद्यम वर्ष घोषणा, युवाहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने लगायतका कार्यक्रमहरु उत्कृष्ठ भएको...

के–के छ ? बजेटमा हेर्नुस पूर्णपाठ

काठमाडौं । सरकारले आज आ. व. २०८०/८१ को बजेट सार्वजनीक गरेको छ । संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपलको आगामी आव २०८०/८१ आयव्ययको विवरण पेस गरेका छन् । डा. महतले प्रस्तुत गरेको बजेटको पूर्णपाठा

बीमाको नियमन र सुपरिवेक्षण बलियो बनाउने, दावी भुक्तानीलाई सहज

काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन क्षमतालाई थप शसक्त बनाउने बताएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बीमा क्षेत्रको नियमन र सुपरिवेक्षणको दायरालाई थप फराकिलो र बलियो बनाउने बताएका हुन् । बीमाको दावी भुक्तानी प्रक्रियालाई थप सहज बनाउँदै लैजाने पनि सरकारले उल्लेख...

दुई वर्ष भित्र सबै नेपालीका घरमा विद्युत

काठमाडौं । सरकारले आगामस् दुई वर्ष भित्र सबै नागरिकहरुका घर घरमा विद्यतुको पहुँच पुर्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुई वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत...

फास्ट ट्रयाकका लागि साढे २२ अर्ब बजेट, २०८३ भित्रै तयार पार्ने

काठमाडौं । सरकारले काठमाडौं–तराई मधेश फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार सरकारले फास्ट ट्रयाकको निर्माण आगामी २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

काठमाडौं । सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा।प्रकाशशरण महतले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानुनी व्यबस्था गरिने बताएका हुन् । पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार...

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रूपमा  गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड...

आयोजना प्रमुखको जथाभावी सरुवा गर्न नपाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विकास आयोजना प्रमुखहरुको जथाभावी सरुवा रोक्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा पेश गरेको बजेट बक्तव्यमा आयोजना प्रमुखहरुलाई आयोजना अवधी भर वा निश्चित समय अवधी तोकेर जिम्मेवारीमा खटाइने उल्लेख छ । कार्य सम्पादन मूंल्याकन नगरि बिचमै सरुवा हुन नदिने बजेट...

वैदेशिक सहायता अपेक्षाभन्दा कम

काठमाडौं । सरकारले आगामी आवका लागि वैदेशिक सहायता तर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ । आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।...

आगामी बजेट सुशासन, समृद्धि  र सामाजिक न्याय कायम गर्न लक्षित : अर्थमन्त्री

काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ को बजेट वाचन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न लक्षित रहेकाे बताएका छन् । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान...