Other Main

अब चितवनबाटै लाइसेन्स बन्ने, आइतबारबाट अनलाइन फारामकाे तयारी

चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । कार्यालयले दैनिक ५ सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार...

तल्लो सेती जलविद्युत् आयोजनाले ८१ सालमा बोलपत्र आह्वान गर्ने

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट...

चुनौतीपूर्ण अवस्थामा जनगणना सञ्चालन गर्न सफल भयाैंः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाबाट उपलब्ध तथ्याङ्कले सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्ने बताएका छन् । राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै उनले जनगणनाबाट जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको...

प्राविधिक समस्याले हेटौँडा सिमेन्ट उद्याेग बन्द

बागमती । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा...

१२औं राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक, पुरुष भन्दा महिलाकाे संख्या साढे ६ लाख बढी

काठमाडौं । नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । सार्वजनिक तथ्यांकअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।...

नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे गर्दै बुटवल उपमहानगरपालिका

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो । बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लक...

एआइजी पदमा पदोन्नति भएको तीन दिनमै प्रहरी महानिरीक्षकमा, को बन्दैछ आइजिपी?

काठमाडौं । नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली...

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल, चुनावमा मात्र राजनीतिक दलका नेतालाई मुद्दा बने

भजनी । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ । विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमानस्थल ।...

पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसीयाली, दुई वर्षभित्र बागलुङका सबै बस्तीमा पुग्ने

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका १ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । २० किलोवाट...

‘डिजिटल नेपाल फ्रेमवर्क’कार्यान्वयनमा सरकारले लागेको छः मन्त्री शर्मा

काडमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छिन् । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन् । सीमित क्षमताका कारण डिजिटल फ्रेमवर्क कार्यान्वयनलाई...