स्टोरीहरु

६८ वर्षिय बोहरा बल्ल बने नेपालको नागरीक, वृद्धभत्ता पाउने उमेरमा नागरिकता प्राप्त

बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको...

पुर्वाधार र प्रचारको कमीले ओझेलमा ढोरपाटनसँगै भेडीखर्क बुँकीको सौन्दर्य

बागलुङ । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको...

पानीको स्थायी मुहान नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती, भरपर्दो स्रोत खोज्दै

कीर्तिपुर । साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ ।...

आयातीत सीपमा लगानी गरी उत्पादन निर्यात गर्दै प्रेम, विदेशी माग आपूर्तिमा हम्मे

पाल्पा । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो । हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको...

पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’,यस्ता दजनौं विषेशताका कारण दैनिक हजारौं व्यक्ति पुग्दै

काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा...

समपूरक र विशेष अनुदान लिन डेढ खर्ब लागतका आयोजना प्रस्ताव, स्रोत व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले १ खर्ब ४२ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमानसहित साढे ४ हजारभन्दा बढी आयोजना प्रस्ताव गरेका छन् । राष्ट्रिय योजना आयोगका अनुसार यस्तो अनुदान लिन स्थानीय तहबाट मात्रै १ खर्ब १५ अर्ब...

जिल्लामा उत्पादित अलैँची(कालो सुन)को माग उच्च, बिक्रीबाट किसानले गरे २० करोड आम्दानी

लमजुङ । अलैँची दाना बिक्रीबाट लमजुङका किसानले २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३ सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको...

अब पनौती छेउमै पाइन्छ प्याराग्लाइडिङको अवसर, फुल्चोकी–कुशादेवीमा परीक्षण उडान सफल

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न...

विश्वसम्पदा सूचीमा समावेश चाँगुनारायण मन्दिर उच्च जोखिम र अतिक्रमणको चपेटामा

भक्तपुर । लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब २ हजार ३ सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा विश्वसम्पदा सूचीमा समावेश गरेको चाँगुनारायण मन्दिर वर्षामा जाने पहिरो र हिउँदमा बर्सेनि बालुवा उत्खनन र निकासीका कारण...

क्यानडाको भिसा त्यागेर भैँसीपालनमा हिक्मत, वार्षिक साढे ८ करोड आम्दानी

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहेका छन् । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका हिक्मत कठायतले विदेशमा छँदा मासिक ३ लाख रुपैयाँ आम्दानी गथ्र्याे । पुर्ख्यौली घर बझाङको छविस पाथिभेरा(२ भएका...