Shikhar Insurance

८२६ रुपैयाँ पुग्यो ज्योति लाइफको शेयर, कतिसम्म पुग्ला त ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ८, बुधबार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । आजपनि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यो वृद्धि बाट कम्पनीको शेयरमूल्य ८२६ रुपैयाँ पुगको छ।
चैत २५ गते ३६० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनीकोशेयरमूल्य निरन्तर सर्किट लेभलमा कारोबार भइरहेको छ। दोस्रो कारोबार दिनदेखिनै यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार हुदै आइरहेको हो।

पहिलो कारोबार भएको ९ दिनमा कम्पनीको शेयरमूल्य १२९.४४ प्रतिशतले बढेको छ।
कम्पनीको शेयरमा लगानीकर्ताहरुको समेत उच्च आर्कषण देखिन्छ। नेप्सेको मार्केट डेप्थमा करिब ५ लाख कित्ता शेयर खरिदको लागि अर्डर देखिन्छ । बिक्रीकर्ता भने शून्य रहेको छ। कम्पनीको शेयर निरन्तर सर्किट लेभलमा कारोबार हुदै आएपछि शेयरमूल्य अझै उकालो लाग्न सक्ने लगानीकर्ताहरुको अनुमान छ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्