Shikhar Insurance

अख्तियारले घुससहित रंगेहात पक्राउ गर्न नपाउने, ४ सय मुद्धा पनि खारेज

सिंहदरबार संवाददाता
२०७८ बैशाख ८, बुधबार १५:५६
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गर्न नपाउने भएको छ । सर्वाेच्च अदालतले अख्तियारलाई घुससहित रंगेहात पक्राउ गर्न नपाउने फैसला गरेको हो ।

प्रधानन्यायधिस चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन गर्दै आएको थियो । त्यस्तो स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो ।

कुनै सेवाग्राहीसँग कर्मचारीले घुस मागेको उजुरी आएपछि अख्तियारले नगद उपलब्ध गराएर सेवाग्राहीलाई सम्बन्धीत कार्यालयका कर्मचारीलाई दिन लगाउने गरेको थियो । त्यसरी दिईएको रकमसहित पक्राउ गरेर अख्तियार मुद्धा चलाउने गरेको थियो ।

हालसम्म त्यस्ता ४ सय कर्मचारीको मुद्धा अदालतमा थियो । अब ति सबै मुद्धाहरु स्वतः खारेज भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्