Shikhar Insurance

लगानी गर्छु भन्ने करिब दुई तिहाई विदेशीले पत्याउँदैनन् नेपाललाई

सिंहदरबार संवाददाता
२०७८ बैशाख ८, बुधबार १९:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा लगानी गर्छु भनि प्रतिवद्धता गरेका र प्रक्रिया समेत अघि बढाएका विदेशी लगानीकर्तामध्ये करिब दुई तिहाईले नेपालमा लगानी गर्दैनन् भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर नेपाल राष्ट्र बैंककै एक अध्ययनले नेपालमा लगानी गर्ने प्रतिवद्धता गरेकामध्ये ३४.१ प्रतिशतले मात्रै लगानी गर्छन् । बाँकी ६५.९ प्रतिशत विदेशी लगानीकर्ता प्रक्रिया नै छोडेर बाहिरिने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सन १९९५/९६ देखि सन २०१९/२० सम्मका विदेशी लगानी प्रतिवद्धता र प्राप्त लगानीलाई समेटेर गरेको अध्ययनले नेपालमा विदेशी लगानीको यस्तो अवस्था उजागर गरेको हो । पछिल्लो पाँच आर्थिक वर्षमा कुल प्रतिवद्धताको जम्मा ५२.२८ प्रतिशत मात्रै विदेशी लगानी नेपाल आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सन २०१५।१६ देखि सन २०१९।२० सम्मा जम्मा ६९ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको विदेशी लगानी नेपाल भित्रिएको छ । जबकी सो अवधीमा एक खर्ब ४९ अर्ब ८३ करोड ९० लाख रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको थियो । यसरी प्राप्त लगानी कुल प्रतिवद्धताको ४६.३७ प्रतिशत मात्रै हो ।

राष्ट्र बैंक अनुसन्धान विभागले गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लागानी सम्बन्धी स्थलगत सर्वेक्षणको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा नेपालमा कुल १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक लगानी नेपाल भित्रिएको थियो ।

जुन अघिल्लो आवको तुलनामा ८.८ प्रतिशतले कम हो । सो आवमा एनसेलले ३८ अर्ब रुपैयाँ लाभांश लगेको थियो । सोही कारणले गर्दा आव २०७४।७५ कोा तुलनामा आव २०७५।७६ मा वैदेशिक लगानी घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आव २०७४।७५ सम्म नेपालको प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब रुपैयाँ रहेको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार आव २०७७ असार मसान्तसम्म यस्तो प्रत्यक्ष वैवेदशिक लगानी १९ अर्ब ४८ करोड रुपैयाँ थप भई कुल २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । आव २०७५।७६ सम्म प्राप्त कुल वैदेशिक लगानीमध्ये नेपालले दोश्रो मुलुकका रुपमा स्वीकार गर्दै आएको भारतबाट मात्रै जसको ३०.६ प्रतिशत अर्थात् ५६ अर्ब ५ करोड रुपैयाँ भित्रिएको सो प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, चिनबाट २७ अर्ब ५६ करोड रुपैयाँ, सेन्ट किष्ट एण्ड नेभिसबाट २४ अर्ब ९३ करोड रुपैयाँ, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड रुपैयाँ, सिंगापुरबाट ८ अर्ब ७२ करोड रुपैयाँ, अष्ट्रेलियाबाट ७ अर्ब ६३ करोड रुपैयाँ, युएईबाट ६ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्राप्त भएको छ । साथै, बंगलादेशबाट ५ अर्ब ११ करोड, दाक्षिण कोरियाबाट ४ अर्ब ७६ करोड रुपैयाँ, अमेरिकाबाट ४ अर्ब ४७ करोड रुपैयाँ र अन्य देशबाट २५ अर्ब १९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ ।

सो अवधिमा नेपालमा वैदेशिक लगानीका ठूला ४९ वटा, मध्या ५१ वटा र साना ४ सय २२ गरी कुल ५ सय २२ वटा उद्योगहरु सञ्चालनमा रहेका थिए । जसमा राष्ट्र बैंकले नमुना सर्वेक्षण गर्दा सो प्रतिवेदन राष्ट्र बैंक अनुसन्धान विभागले ५३ वटा देशले लगानी गरेका ४९ वटा ठुला, ३७ वटा मध्यम र ६७ वटा साना प्रत्यक्ष वैदेशिक लगानीका उद्योगगरी १ सय ५३ वटा उद्योग समेटेको थियो ।

राष्ट्र बैंक अनुसार सो अवधिमा नेपालमा रहेको वैदेशिक लगानीमा ८८ अर्ब १५ करोड रुपैयाँ नेपाल भित्रिएको विदेशी लगानी रहेको छ । भने, ७८ अर्ब ३८ करोड रुपैयाँ लगानीमा रहेका उद्योगहरुको आम्दानी र १६ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक कर्जा रहेको देखिन्छ । सो तथ्यांक अनुसार नेपाल भित्र रहेको वैदेशिक लगानीमा करिब आधा हिस्सा आम्दानी रहेको देखिन्छ ।

सार्वजनिक तथ्यांक अनुसार ०७६ असार मसान्तसम्म प्राप्त कुल प्रत्यक्ष वैदेशिक लगानीमा ५२ अर्ब २४ करोड रुपैयाँ उत्पादन, खानी तथा प्रसोधन उद्योगमा लगानी रहेको छ । यस्तै, वित्तीय सेवा उद्योगमा ५० अर्ब ९ करोड रुपैयाँ, ३६ अर्ब ६५ करोड रुपैयाँ र विद्युत ग्यास र पानी उद्योगमा, यातायात तथा सञ्चार उद्योगमा २६ अर्ब ५७ करोड रुपैयाँ र अन्य उद्योगमा १७ अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्