Shikhar Insurance

मेरियटमा ओली-नेपाल भेटवार्ता, जोगिएला एमाले एकता ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ८, बुधबार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । एक अर्काको चर्काे आलोचना गर्दै आएका नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । विभाजन उन्मुख पार्टीका दुई शिर्ष नेताहरुले बुधबार साँझ नक्सालस्थित मेरियट होटलमा दुई घण्टा भन्दा लामो छलफल गरेका हुन् । दुई नेता मात्रै सहभागी छलफल सकारात्मक भयो वा भएन भन्नेबारे दुबै पक्षले मुख खोलेका छैनन् । तर कार्यकर्ता पंक्ति भने उत्साहित बनेका छन् । दुबै पक्षका कार्यकर्ताहरुले पार्टी एकता जोगिन लागेको भन्दै खुसि व्यक्त गरिरहेका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उनी पक्षिय नेताहरुले नै पछिल्लो समय पार्टी एकता जोगाउन दबाव दिईरहेका छन् । पार्टी विभाजन भए आफुहरुको समेत राजनीतिक भविष्य सकिने भएकाले माधव नेपाल पक्षसँग सघन संवाद र एकताका लागि ओलीलाई दबाव बढाईरहेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबारको भेटपछि एमाले एकता जोगिनेमा दोश्रो पुस्ताका नेताहरु पनि आशावादी देखिन थालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा भेटको फोटो राखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्