Shikhar Insurance

आइएमई लाइफलाई चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३

सिंहदरबार संवाददाता
२०८० मंसिर ८, शुक्रबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको भव्य समारोहमा आइएमई लाइफले प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ मा रनर अपको सम्मान पाएको हो ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यु, इण्डियन इस्टिच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरे । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्