Shikhar Insurance

ज्योति विकास बैंकको नाफा ३८.१८ प्रतिशतले बढ्यो, लाभांश क्षमता ४३ करोड

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार ०९:१२
NIMB
Nabil Bank

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामा आफ्नो नाफा ३८.१८ प्रतिशतले बढाउन सफल भएको छ । २०७६ चैत मसान्तसम्ममा ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले २०७७ चैत मसान्त अवधीमा त्यस्तो नाफा ६० करोड २५ लाख पुर्याएको हो ।
अर्थात गत आवको चैत मसान्तको तुलनामा चालु आवको चैत मसान्त अवधीमा ज्योतिको नाफा १६ करोड ६५ लाख रुपैयाँले वृद्धि भएको छ । ज्योति विकास बैंकको वितरणयोग्य नाफा पनि ४३ करोड रुपैयाँ पुगेको छ ।

३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८५ करोड रुपैयाँ रहेको छ । ज्योतिले चालु आवको ९ महिने अवधीमा निक्षेप संकलन तथा कर्जा विस्तारमा पनि राम्रो प्रगति गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चैत मसान्त अवधीमा बैंकले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जबकी गत आवको चैत मसान्त अवधीमा ज्योतिको निक्षेप ३६ अर्ब ३१ करोड र कर्जा लगानी २९ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो ।

बैंकको प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा छ भने प्रति सेयर आम्दानी २० रुपैयाँ ८९ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्