Shikhar Insurance

पुछारका बाणिज्य बैंकलाई उछिन्दै मुक्तिनाथ विकास बैंक, नाफा र व्यवसाय दुबैमा छलाङ

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार १०:१९
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै एक अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्त अवधीको तुलनामा ३३ करोड अर्थात ३३ प्रतिशतले नै नाफा वृद्धि गरेको हो । गत २०७६ चैत मसान्तसम्म मुक्तिनाथले ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

मुक्तिनाथको वितरणयोग्य नाफा नै ८२ करोड रुपैयाँ रहेको छ । ४ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब एक करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मुक्तिनाथले नौ महिने अवधीमा ७९ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेर ६८ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २०७६ चैत मसान्त अवधीमा जम्मा ५७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४७ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

मुक्तिनाथको प्रति सेयर आम्दानी २८.६८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३८.४३ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि जम्मा ०.२१ प्रतिशत मात्रै छ ।

बैंकको कस्ट अफ फण्ड ६.०९ प्रतिशत र स्प्रेड दर ४.९२ प्रतिशत छ । बैंकले आधार ब्याजदर ८.०१ प्रतिशतमा व्यवसाय गरिरहेको छ ।मुक्तिनाथको नाफा र व्यवसायको आकार पुछारका बाणिज्य बैंकहरुको भन्दा पनि ठूलो हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्