Shikhar Insurance

नेप्सेमा दोहोरो अंकको सुधार

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा बिहीबार सुधार आएको छ । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १५.८ अंकले बढेको हो ।

नेप्से ०.६ प्रतिशतले बढेको दिन बजारमा करिब ६ अर्ब रूपैयाँको सेयर किनबेच भए । लगातार दुई दिन भारी गिरावट आएर मंगलबार २ अंकको सुधार आई नेप्सेमा बुधबार (हिजो) अर्को गिरावट आएको थियो । बिहिबार भने नेप्से घट्ने लयविरूद्ध गएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

No description available.

कारोबार सुरू भएको १८ मिनेटमै दिनको तल्लो बिन्दुमा पुगेको नेप्से त्यसयता घटबढ हुँदै सुधारिएर बन्द भएको हो ।

No description available.

बिहीबार बजारमा करिब ६ अर्ब रूपैयाँको सेयर किनबेच भए । सोक्रममा २ सय १४ कम्पनीका १ करोड ३० लाख कित्ता सेयर कारोबारमा आए । नेप्से बढेका दिन बजार पुँजीकरण बढेर ३६ खर्ब ६६ अर्ब रूपैयाँ पुगेको छ ।

बजार बढेको दिन कारोबारमा आएका होटल तथा पर्यटन र म्युचुअल फन्ड समूहबाहेक सबैमा सुधार आयो ।

No description available.

कारोबारमा आएका विशाल बजार कम्पनी र सिन्धु विकास बैंकसहित ५ कम्पनीको मूल्य १० प्रतिशतले बढे ।

No description available.

कारोबार रकमका आधारमा एनसीसी बैंकक शीर्ष स्थानमा रह्यो । एनसीसीको ६२ करोड २७ लाखको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको करिब २६ लाखको कारोबार भयो ।

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्