Shikhar Insurance

मलेसियाविरूद्ध नेपालको किर्तिमानी जित, फाइनलमा नेदरल्यान्डसँग भिड्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार १६:४६
NIMB
Nabil Bank

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६९ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्य पुरा गर्ने क्रममा मलेसिया १९ ओभर १ बलमा १ सय ४८ रनमै समेटियो । विसाल लक्ष्य पछ्याउने क्रममा मलेसिया सस्तैमा समेटिएको हो । मलेसियाका लागि अमिनुद्दिन रामलीले सर्वाधीक ४१ रन बनाउँदा नेपालका लागि सोमपाल कामी र कमल सिंह ऐरीले ३-३ विकेट लिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि नेपाली ब्याट्सम्यानहरूले विष्फोटक ब्याटिङ गर्दै पुरा २० ओभरमा २ सय १७ रन बनाएका थिए । यो नेपालले बनाएको दोस्रो ठूलो रन हो ।

नेपालका लागि करन केसीले १३ बलमा ४५ र आशिफ शेखले ३२ बलमा ४२ रन बनाए । नेपाली ब्याट्सम्यानहरूले १९ छक्का प्रहार गरेका थिए । एकै इनिङमा नेपाली टिमले प्रहार गरेको छक्काको संख्या अहिलेसम्मकै बढी हो । करन एक्लैले ७ छक्का हानेका थिए ।

जितसँगै नेपालले लिगचरणमा तीन जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्डले २ जित र १ बराबरीसहित ५ अंक बनायो भने एक खेल बराबर खेलेको मलेसिया १ अंक जोड्दै बाहिरियो ।
अब शनिबार हुने फाइनलमा नेपाल र नेदरल्यान्ड भिड्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्