Shikhar Insurance

खुद ब्याज आम्दानी घटेपनि रिलायन्स फाइनान्सको नाफामा ३७ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार ०७:५९
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ६८ लाख रूपैयाँ खुद नाफा गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको यही अवधिधन्दा ३७.३१ प्रतिशत बढी खुद नाफा गरेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी घटेपनि नाफा बढाएको हो । यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३३.०६ प्रतिशत घटेर १० करोड ७१ लाख रुपैयाँ भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्य सञ्चालन आम्दानी बढेका कारण फाइनान्सको खुद नाफा बढ्न पुगेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको अन्य सञ्चालन आम्दानी ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको हो ।

चैत मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ७९ लाख रुपैयाँ छ जुन अघिल्लो आवको यही अवधिधन्दा १ हजार १८ प्रतिशत बढी हो ।

फाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा १.८८ प्रतिशत छ ।

कम्पनीले ५ अर्ब ७७ करोड निक्षेप परिचालन गरी ४ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्