Shikhar Insurance

दशैं–तिहारका ९० च्याङ्ग्रा नबिकेपछि खाद्यले निकाल्यो लिलामीको सूचना

सिंहदरबार संवाददाता
२०८० मंसिर १५, शुक्रबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ ।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी छन् । ती च्याङ्ग्राको औसत तौल ३० देखि ३५ किलोको बीचमा रहेको बताइएको छ ।

Citizen Life
Kumar Bank

उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको हो ।

दशैंमा कम्पनीले च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । च्याङ्ग्रामा ग्राहकको आकर्षण नदेखिएपछि भाउ घटाउँदा पनि नबिकेको कम्पनीले जनाएको छ ।

स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने छन् । बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी १ हजार १२५ रुपैयाँ तोकिएको छ ।

दरभाउ पत्र पेश गर्ने म्याद आगामी पुस १ दिउँसो १२ बजेसम्म छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

 

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्