Shikhar Insurance

आगलागीमा एकको मृत्यु

सिंहदरबार संवाददाता
२०८० मंसिर १९, मंगलवार ११:०६
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका ८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्