Shikhar Insurance

भ्याट उठाउने तर सरकारलाई नबुझाइ २ अर्ब बढी राजस्व छल्ने १६ जनाविरूद्ध विभागको मुद्दा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार २०:३१
NIMB
Nabil Bank

काठमाडौं । राजस्व अनुसन्धान विभागले भ्याट बिल काट्ने तर सरकारलाई दाखिला नगर्ने १६ जनाविरुद्ध मुद्दा हालेको छ । विभागले अनिल गुप्ता एन्ड एसोसिएट्सका सञ्चालक अनिल गुप्तासहित १६ जनाबाट २ अर्बभन्दा बढी बिगोमाग गरी उच्च अदालत पाटनमा मुद्दा हालेको हो ।

विभागका अनुसार काठमाडौं १४ कुलेश्वरको अंकुश ट्रेड एन्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महत्तो सहित १३ फर्मले २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बराबरको भ्याट छली गरेका हुन् । उनीहरूले कर बिल बमोजिमको रकम भुक्तानी लिएर सरकारी कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुले ६४ करोड ५० लाख ९७ हजार ८ सय ७२ रूपैयाँ भ्याट र १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७ सय ४२ रूपैयाँ आयकर चुहावट गरेका हुन् । विभागले उनीहरु गरेको चुहावट बराबरको बिगो कायम गरी बिगो अनुसारको कारवाहीको माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्