Shikhar Insurance

नेपाल खेलकुद महासंघको १५१ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार १९:५९
NIMB
Nabil Bank

सर्लाही । सर्लाहीमा नेपाल खेलकुद महासंघको १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । नेपाल–खनाल निकट एमालेको भातृ संगठनको सर्लाहीको नवलपुरमा भएको जिल्ला भेलाले १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

भेलाबाट जिल्ला कमिटीको अध्यक्षमा विजय अधिकारी चयन भएका छन् । उपाध्यक्षमा जनक लामा र विजय गोले, सचिवमा भीम मगर, उपसचिवमा अर्जुन लामा चयन भएको महासंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रमका प्रमुख अतिथी पूर्वखेलकुद मन्त्री एवं महासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले भेलाबाट चयन भएका जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्