Shikhar Insurance

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी

सिंहदरबार संवाददाता
२०८० मंसिर २०, बुधबार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय केही व्यक्ति र समूहहरुले बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमण प्रति बैंक तथा वित्तीय संस्थाका संघहरुले निन्दा गरेका छन् । पछिल्लो समय बैंक, वित्त, फाइनान्स तथा लघुवित्तका कर्मचारी तथा कार्यालयहरुमा भइरहेको धरपकड, आक्रमणलगायतका गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाका संघहरुले आपत्ति जनाएका छन्।

देशैभर पछिल्लो समय भइरहेको यस्तो आक्रमणको निन्दा गर्दै नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनेको छ– ‘पछिल्लो समय केही व्यक्ति/समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको घोर निन्दा गर्दछौं ।’

Citizen Life
Kumar Bank

विज्ञप्तिमा भनिएको छ– ‘एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं । आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनिय छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग माग गर्दछौं ।’

‘बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं ।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्