Shikhar Insurance

एनसेलको सेयर खरिद/बिक्रि अध्ययन गर्न समिति, पूर्व महालेखा परिक्षक टंकमणी शर्माले पाए जिम्मा

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद बिक्रिबारे अध्ययन गर्न चार सदस्यीय समिति गठन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व महोलखा परिक्षक टंकमणी शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिवहरु बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य रहेका छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको छ ।

एनसेलको ८० प्रतिशत सेयर मलेसियन लगनीकर्ताले युकेमा दर्ता भएको स्पेक्ट्रालाइट कम्पनीलाई करिब ६ अर्बमा बेच्ने निर्णय गरेपछि कर छली भएको भन्दै चौतर्फी दबाव बढिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले सेयर खरिद बिक्रि रोक्न पत्राचार गरेको छ भने अर्थ समितिले पनि १५ दिनभित्र यथार्थ जानकारी गराउन निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank

पाटन उच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ । ७ बर्ष अघि एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियटाले एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । अहिले भने करिब ६ अर्बमै आफ्नो सो सेयर बेच्ने सम्झौता गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्