Shikhar Insurance

राष्ट्रिय जीवन बीमा कम्पनीलाई शसर्त लाइसेन्स, सम्पति भन्दा ४६ अर्ब बढी दायित्व

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट लाइसेन्स प्राप्त गरेको छ । नेपाल बीमा प्राधिकरणको मंसिर १५ गते बसेको सञ्चालक समिति बैठकले संस्थानलाई कम्पनीका नामबाट कारोबार सञ्चालन गर्न लाइसेन्स दिएको हो । १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आगामी एक बर्षभित्र पाँच बर्षभित्र चुक्ता पुँजी पुर्याईसक्नुपर्ने, लेखा परिक्षण सम्पन्न गरिसक्नुपर्ने लगायतका आधा दर्जन भन्दा बढी शर्तसहितको लाइसेन्स दिएको हो ।

नयाँ बीमा ऐन २३ असोज २०७९ देखि कार्यान्वयन आएसँगै संस्थान अनिवार्यमा रुपमा कम्पनीमा जानुपर्ने बाध्यता सिर्जना भएको थियो । जस अनुसार मन्त्रिपरिषद्ले १६ कात्तिक २०७९ मा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने भनी निर्णय गरेको थियो । बीमा प्राधिकरणले १८ कात्तिक २०८० मा संस्थानलाई कम्पनीकरणको पूर्वस्वीकृति दिएको थियो ।

Citizen Life
Kumar Bank

तत्कालिन संस्थानको आर्थिक वर्ष २०६८।६९ पछिको लेखापरीक्षण स्वीकृत हुन बाँकी छ । तर प्राधिकरणले भने कम्पनीमा रुपान्तरण हुनु अगाडिको आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र बीमा प्राधिकरणमा पेश गर्न भनिएको छ ।

प्राधिकरणले आगामी ६ महिनाभित्र सम्पति दायित्व मूल्यांकन(डीडीए) गरि सोको प्रतिवेदन बुझाउन पनि भनेको छ । तर कम्पनीसँग सम्पति भन्दा ४६ अर्ब बढी दायित्व रहेको स्रोत बताउँछ ।  ‘सम्पति भन्दा ४६ अर्ब बढी दायित्व भएको नयाँ कम्पनीले कसरी व्यवसाय गर्छ ? बीमितलाई कसरी आश्वस्त पार्छ ? यो गम्भिर बिषय हो ।’, बीमा प्राधिकरण स्रोतले भन्यो ।

आगामी एक बर्षभित्र पाँच अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने कम्पनीमा हाल नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत सेयर लगानी छ भने थप पूँजी लगानीको प्रतिवद्धता जनाइसकेको छ । नेपाल सरकारले पनि आफ्नो हिस्साको पुँजी लगानी गर्नेे प्रक्रिया अघि बढाईसकेको छ ।

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउनेछ ।

सीईओ पनि छैनन्, अध्यक्षको योग्यतामै प्रश्न
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले महेश रिमाललाई कामु सीईओको जिम्मेवारी दिएको छ । कम्पनीका अध्यक्ष ईश्वर पौडेलको योग्यतामाथि प्रश्न उठ्दै आएको छ । यस्तो परिस्थितिमा कम्पनीले बीमा प्राधिकरणद्धारा तोकिएका शर्तहरु पुरा गर्ला भन्ने बिषय भने पेचिलो नै छ ।

लाइसेन्ससँगै प्राधिकरणले तोकेका शर्तहरु

१) इजाजत प्राप्त गरेको ६ महिनाभित्र बीमा ऐनको दफा ३० को उपदफा ९१० बमोजिम राष्ट्रिय जीवन बीमा कम्पनी लि।को नाममा जीवन बीमा व्यवसाय प्रारम्भ गर्नुपर्नेछ ।

२) प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १ वर्ष भित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्ने ।

३) साविकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीबाट मूल्यांकन गराई सोको प्रतिवेदन ६ महिना भित्र प्राधिकरणमा पेश गर्ने ।

४) साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८÷६९ तथा सो अघिका आर्थिक वर्षहरुका वित्तीय विवरण स्वीकृत हुँदा प्राधिकरणबाट लगाएका शर्त तथा आदेश पालना गरी ६ महिनाभित्र र साविकको संस्थान कम्पनीमा परिणत हुनु अघिसम्मका आबहरुका वित्तीय विवरणको लेखापरीक्षण गराई सोको प्रतिवेदन प्राधिकरणमा पेश गर्ने ।

५) कर्मचारी सेवा शर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली, जोखिमाङ्कन, ग्राहक सेवा, बजार प्रर्वद्धन र पुनर्वीमा सम्बन्धी कार्यविधि तथा दिग्दर्शन र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी १ ९एक० महिनाभित्र प्राधिकरणमा पेश गर्ने ।

६) अन्य शर्त तथा अवस्थाका हकमा बीमा ऐन, २०७९ को दफा २९ को उपदफा ९५० बमोजिम प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य शर्तहरुको समेत पालना गर्नुपर्ने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्