Shikhar Insurance

ब्याजदर घटाउने, सेयर बजार र घरजग्गालाई चलायमान बनाउने नीति आयोः अध्यक्ष केसि

सिंहदरबार संवाददाता
२०८० मंसिर २२, शुक्रबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसिले ब्याजदर घटाउने तथा सेयर बजार र घरजग्गा कारोबारलाई चलायमान बनाउने गरि मौद्रिक नितिको समिक्षा आएको बताएका छन्।

राष्ट्र बैंकको मौद्रिक निति समिक्षा पछि सिंहदरबारसँग कुरा गर्दै उनले अब ब्याजदर थप घट्ने, सेयर बजार केही चलायमान हुने तथा घरजग्गा कारोबारमा पनि केही सुधार आउन सक्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank

बैंक दर ०.५ प्रतिशतले घटेको, नितिगत दर पनि १ प्रतिशतले घटाएर क्रमशः ७ प्रतिशत र ५.५ प्रतिशत कायम गरिएकाले पुस महिनामा ब्याजदर अझै घट्ने उनले बताए।

५० लाख भन्दा ठुला सेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार १५० प्रतिशत बाट घटाएर १२५ प्रतिशत बनाइएकाले अब यी दुबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने पनि उनले बताए।

परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणिहरुलाई कर्जा पुनरसंरचना र पुनर्तालिकिकरणका माध्यम बाट सहजीकरण गर्ने ब्यवस्थाले बैंकहरुलाई एनपिए ब्यवस्थापनमा सहयोग पुग्ने अध्यक्ष केसीले बताए । बैंकहरुले नै बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरि २०८० चैत मसान्तसम्म कर्जा पुनरसंरचना गर्न सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्