Shikhar Insurance

टेस्लाको विकल्प बन्ला चिनियाँ इलेक्ट्रिक कार जीकर ? मस्कले चीन विरुद्ध जासुसी गरेकै हुन त ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ११, शनिबार २१:११
NIMB
Nabil Bank

काठमाडौं । चीनको सबै भन्दा ठूलो कार निर्माता कम्पनी जीलीले टेस्लाको प्रतिष्पर्धामा नयाँ प्रिमियम इलेक्ट्रिक कार बनाउँदैछ । भोल्भो र लोटस ब्राण्डकको मालिक यो कम्पनीले चीनमा टेस्लासँग प्रतिष्पर्धा गर्न नयाँ इलेक्ट्रिक बनाउन लागेको हो । ‘जीकर’ नामको ब्राण्डमा यो कम्पनीले विद्युतिय कार बजारमा ल्याउनेछ ।

त्यस अघिसम्म विश्वकै सबै भन्दा ठूलो विद्युतिय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले चीनमा कार्वन उत्सर्जन नियन्त्रणका लागि नयाँ योजना पेश गरेका थिए । उनले भिडियो कन्फेरेन्स मार्फत चीनको चिन्तालाई हटाउने प्रयास पनि गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कहिले आउँछ जीलीको कार
जीलीले जीक ब्राण्ड मार्फत हाई क्वालीटीको इलेक्ट्रिक कारको विकास गर्नेछ । यो कम्पनीले सन २०२१ को तेश्रो त्रैमासिक अवधीभित्र आफ्ना इलेक्ट्रिक कार बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले पहिले पनि कैयौं ब्राण्डमा विद्युतिय कार बनाईरहेको थियो ।

भोल्भोको स्वामित्वमा रहन गरि कम्पनीले पोलस्टार इलेक्ट्रिक कार बनाउँछ । यसको मुख्यालय स्वीडेनमा छ जबकी कार भने चीनमा निर्माण हुन्छ । उता, जीलीको स्वामित्व रहेको लोटस कम्पनी यतिबेला एविया नामको इलेक्ट्रिक सुपर कारको विकास गरिरहेको छ । जीलीसँग क्याब बनाउने लण्डनको ईभी कम्पनीको पनि स्वामित्व रहेको छ । जो अहिले एक हाइब्रिड ट्याक्सी बनाउने काममा जुटेको छ । यो ट्याक्सी पेट्रोलका साथै बेटरीबाट पनि सञ्चालन हुन्छ ।

जीकरले टेस्लासँग ठूलै प्रतिष्पर्धा गर्नुपर्छ किन की टेस्लाको मोडल–३ गत वर्ष चीनमा सबै भन्दा धेरै बिक्रि भएको थियो । साथै जीकरले चीनका अन्य कम्पनीहरु नियो, एक्सफेङ र लि अटोसँग पनि प्रतिष्पर्धा गर्नुपर्छ । किन की यी कम्पनीहरुका कारणको बजार पनि चीनमा निकै राम्रो छ ।

गत हप्ता डोङफेङ मोटरले इलेक्ट्रिक कार बनाउने आफ्नो बोया ब्राण्डले यसपालीदेखि आफ्नो कार चिनियाँ बजारमा ल्याउने घोषणा गरेको छ । डोङफेङ मोटरमा जापानको निशान र फ्रान्सको पूजो सिथोएनको संयुक्त लगानी छ ।

जीलीको नजर चिनमा
चिनियाँ सरकारको लक्ष्य सन २०२५ सम्मा यहाँ बिक्ने कारमध्ये २० प्रतिशत इलेक्ट्रिक होस भन्ने छ । जीलीको लक्ष्य जर्मनीको फक्सवागेन जस्तै विश्वव्यापी कम्पनी बन्ने छ । भोल्भो र लोटस ब्राण्डमाथि नियन्त्रण गर्ने योजना छ । साथै मर्सिडिज बेञ्जको मालिक कम्पनी डेमलरमा पनि सेयर लिएर बसेको छ ।  जीलीले सन २०२० मा कुल १३.२ लाख गाडी बेचेको थियो जुन सन २०१९ मा १३.६ लाख थियो ।

एलन मस्कको चिन अभियान
टेस्लाका मालिक एलन मस्कले चिनियाँ सरकारी टिभीलाई अन्तरवार्ता दिएर आफ्नो आगामी पाँच बर्से योजना अघि सारेका छन् । कार्बन उत्सर्जन घटाउने चिनियाँ लक्ष्यमा आफ्नो व्यवसायको सफलता खोजिरहेका छन् । चिनियाँ सरकारले टेस्ला कारमा प्रयोग गरिएका क्यामेराहरुको माध्यमबाट आफ्नो देश विरुद्ध जासुसी भैरहेको आशंका व्यक्त गर्दै आएको छ । मस्कले भने चिनियाँ नेता र व्यवसायीहरुसँग भिडियो कन्फेरेन्स मार्फत टेस्लाले आफ्ना सूचनाहरु अमेरिकी सरकारसँग नसाट्ने बाचा गरेका छन् ।
टेस्लाको कुल बार्षिक व्यापार ३१.३ अर्ब डलर छ र त्यसको २० प्रतिशत हिस्सा चीनमै रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्