Shikhar Insurance

नेपाल लाइफ इन्स्योरेन्स द्वारा ६९.६२ अर्वको दावी भुक्तानी

सिंहदरबार संवाददाता
२०८० मंसिर २२, शुक्रबार १६:४१
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९ दशमलब ६२ अर्व दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ दशमलब ६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९ दशमलब ७८ अर्व र अग्रिम दावी भुक्तानी बापत २३ दशमलब ४४ अर्व दावी भुक्तानी गर्दैे नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले २०८० असोज मसान्त सम्ममा १३ हजार ५ सय १२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेस्नल प्लान अन्तर्गत ११ हजार १ सय ७७ जना लाई ३ अर्व ७१ करोड र बैदेशिक रोजगारी तर्फ २ हजार ३ सय ३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको छ ।यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी पÞmर्छ्रयौट भई सकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी एक सय प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । आर्थिक वर्ष २०७९।८० मा ९९ दशमलब १३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले ९९ दशमलब ०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने पराजुलीले व्यक्त गरे ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्