Shikhar Insurance

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्यौ : गभर्नर

सिंहदरबार संवाददाता
२०८० मंसिर २२, शुक्रबार १७:०२
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् ।

शुक्रवार चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताइका हुन् । गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समिक्षामा फेवर हुने भएकाले नीतिगत दर हेरफेर गरिएको बताए ।

Citizen Life
Kumar Bank

उनले केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने बताए । नीतिगत दर घटाउँदा बैंकहरुमा ऋणको माग बढाउने अपेक्षा रहेको बताए । अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको बताए । उनले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताए । उनले हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अपm्ठ्यारो हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताएका छन् । उनले राष्ट्र बैंकले अध्ययन गरेर नै नै रेमिट्यान्स सेवा बन्द गरेको बताए । सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको बताए । २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नुपर्ने स्पष्ट पारेका छन्

उनले भने,‘राष्ट्र बैंकले १ लाखसम्म आन्तरिक रेमिट्यान्स सुविधा थियो तर बीचमा २५ हजार बनायौं । त्यसपछि हामीले शून्य गरौं । शुन्य गर्नुको पछाडि केही अध्ययनहरु थिए । त्यसपछि धेरै सुझाव र अनुरोध पनि छ । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौ । केही विदेशी एजेन्सीहरुले हामीलाई कारोबार गर्न अफ्ठ्यारो परो भनेर सुझाव दिएका थिए । हामीले यसमा सिमा तोकेका छैनौं । अध्ययनपछि निर्धारण हुनेछ । अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०–१५ हजारको सीमा राखेर खुलाउने तयारीमा छौँ । घरजग्गा कर्जाको जोखिम भार घटेको सबैमा हो । १५० रहेको घरजग्गा कर्जाको जोखिम भार १२५मा झारेका हौं । अर्थतन्त्रमा समस्याको सिर्जना आफैँ भएको हो । अर्थतन्त्र लयमा ल्याएर चलायमान बनाउन सबैको सहयोग चाहिन्छ । डिभेन्चरको भोलम ठूलो छ । बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौं,यो तत्कालका लागि मात्रै हो, पछि बजारले एउटा लाइन समातेपछि सधैं यस्तै नीति रहन्न । मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरेका हौं । केही दिनमा प्रकाशित हुने तथ्यांकले त्यो पुष्टि हुन्छ । मुद्रास्फीति घटेको छ ।’

गभर्नर अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने पनि बताए । राष्ट्र बैंकले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने नीतिगत रुपमा व्यवस्था गरेको र ब्याज करिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैंक सजग रहेको बताए ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्