Shikhar Insurance

देश बनाउने काम एमाले बाहेकले सक्दैनन्ः ओली

सिंहदरबार संवाददाता
२०८० मंसिर २२, शुक्रबार १८:०३
NIMB
Nabil Bank

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमाले बाहेकले नसक्ने बताएका छन् ।

शुक्रवार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे । राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गरे ।

Citizen Life
Kumar Bank

उनले भने, ‘नेकपा एमाले बाहेक जति वटा मिले पनि, जति वटा पार्टी मिले पनि देश बनाउने काम राजनीतिलाई स्थिर बनाउने, लोकतन्त्रलाई बलियो बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन सक्दो रहेनछ । हामीले कोभिडको समयमा पनि त्यस समस्याको पनि सफलतापूर्वक समामना ग¥यौँ । भूकम्पको पनि सामना ग¥यौँ । भूकम्पले भत्काएका नौ लाख घर साढे ८ लाख भन्दा बढी हामीले पुनः निर्माण गरेर पीडितलाई हस्तान्तरण गरेका थियौँ ।’

अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प लगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्