Shikhar Insurance

आफैंले बनाएको स्थायी कमिटीमै ओली अल्पमतमा परे, माधव नेपाल समुहलाई थप कारवाही रोकियो

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १६:२९
NIMB
Nabil Bank

काठमाडौं । माधव नेपाल र झलनाथ खनाल समुहका नेताहरुलाई थप कारवाहीको तयारीमा जुटेका प्रधानमन्त्री अन्ततः रोकिएका छन् । स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले थप कारवाही गर्न नहुने अडान राखेपछि ओली ब्याक भएका हुन् ।

नेपालसहितका १० जना नेताहरुलाई थप कारवाही गर्ने ओलीको तयारी थियो । तर महाधिवेशन आयोजक कमिटीको बैठक अघि डाकिएको स्थायी कमिटी बैठकमा ओली अल्पमतमा परे । नेपालसहितका नेताहरुलाई थप कारवाही गर्न नहुने पक्षमा अधिकांश स्थायी कमिटी सदस्यहरु उभिएपछि ओलीका पक्षमा महासचिव ईश्वर पोखरेल मात्रै देखिए । आफैंले बनाएको स्थायी कमिटीमै आफु अल्पमतमा परेपछि ओलीले थप कारवाहीको निर्णय गरेनन् ।

Citizen Life
Kumar Bank

अर्थमन्त्री समेत रहेका बिष्णु पौडेल, संसदीय दलका उप नेता शुभाष नेम्बाङ, शंकर पोखरेल लगायतका नेताहरुले कारवाहीको निर्णय गर्न हतारिनु आवश्यक नरहेको बताएका थिए । श्रोतका अनुसार स्थायी कमिटीमा अल्पमतमा परेपछि ओलीले महाधिवेशन आयेजक कमिटी बैठकमा कारवाहीबारे कुनै कुरै निकालेनन् ।

नेताहरुले माधव नेपाललाई अघि सारेर वर्तमान सरकार जोगाउनु पर्ने र त्यसका लागि पार्टी एकता पहिलो सर्त भएको बताएका थिए । उनीहरुले एक कदम पछि हटेर पार्टी एकता जोगाउने तर्फ अग्रसर हुन पनि ओलीलाई सुझाव दिएका थिए । पार्टी विभाजन भएमा आफुहरुको राजनीतिक भविष्य समेत समाप्त हुने उनीहरुको ठम्याई थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्