Shikhar Insurance

ईश्वर पोखरेलको पार्टी फुटाउने त्यो अडान

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । आइतबार नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले माधव नेपाल समुहलाई कारवाही गर्नेबारे स्थायी कमिटी सदस्यहरुको धारणा मागे । ओलीले धारणा मागेपछि बिष्णु पौडेल, शुभासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायतका थुप्रै नेताहरुले तत्काल कारवाही गर्न नहुने धारणा राखे ।

उनीहरुले पार्टी विभाजनको कारण आफुहरु बन्न नहुने र माधव नेपाल समुहलाई पार्टीबाट निकालेर आन्दोलनलाई जोगाउन मुस्किल पर्ने धारणा राखे । उनीहरुको तर्क थियो कि पार्टी एकता अपरिहार्य छ, प्रतिशोध साँधेर अघि बढ्दा सबै समाप्त भइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आफ्ना विश्वाशिला नेताहरुको कुरा सुनेपछि ओलीले ईश्वर पोखरेल तर्फ संकेत गरे । पोखरेल भने कुनै पनि हालतमा माधव नेपाल समुहलाई कारवाही गरेरै अघि बढ्नुपर्ने अडानमा देखिए । उनले माधव नेपालहरुलाई कुनै पनि हालतमा कारवाही गर्नुपर्ने अडान राखिरहँदा अन्य स्थायी कमिटी सदस्यहरुले कानेखुसी गरेका थिए ।

ईश्वर पोखरेल तिनै नेता हुन्, जसले आफूलाई केपी ओलीपछिको नेताका रुपमा अर्थ्याउँदै आएका छन् । माधव नेपाल समुहलाई पार्टीमा फर्काउँदा अध्यक्ष बन्ने आफ्नो सपना कहिल्यै पुरा नहुने उनले स्पष्ट देखेका छन् । माधव नेपाल समुहलाई कुनै हालतमा कारवाही गर्नैपर्ने अड्डि कसेका पोखरेलको कुरा सुनिसकेपछि ओलीले तत्काललाई कारवाही नगर्ने निष्कर्ष सुनाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्