Shikhar Insurance

लगानीकर्तामा कोरोनाको पिर, पैसा जोहो गर्ने होडले सेयर बजारमा पहिरो

५ कम्पनीबाहेक सबैको मूल्य घट्यो, महिला लघुवित्त र बिशाल बजारमा पोजिटिभ सर्किट
सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १७:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा भारी गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको सेयर बजार परिसूचक नेप्से दिनैभर सुधारिन नसक्दा करिब ७६ अंकले ऋणात्मक बनेको हो ।

आज नेप्से ७५.७९ अंकले ओर्लिएर २५७२.२१ अंकमा पुगेको छ । कारोबा/मा आएका १ सय ७६ कम्पनीको मूल्य घट्दा नेप्से २.८६ प्रतिशतले घटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आम लगानीकर्तामा आफूसँग भएको सेयर बेचेर साथमा रकम राखौं भन्ने मनसाय विकसित हुँदा लगानीकर्ताले चलेको भन्दा कम मूल्यमा बचेको पाइएको छ । कोरोनाको दोस्रो लहरले जनजीवन आक्रान्ता पार्दा लगानीकर्ता केही रकम साथमा राख्न खोजेका हुन् ।

लकडाउनको हल्ला चलिरहँदा लगानीकर्ता सेयर बेच्नतर्फ हौसिनुमा ऊर्जा मिलेको छ । बजारमा कुल ७ अर्ब २८ करोडभन्दा बढीको १ करोड ४६ लाख कित्ता सेयर किनबेच भए । कारोबारमा आएका सबै समूहको उपसुचक घटे ।

कारोबारमा आएका कम्पनीमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरको सर्वाधिक कारोबार भयो । निफ्राका ७ लाख २३ हजार कित्ता सेयर ३९ करोड २५ लाख रूपैयाँमा किनबेच भए । आज चन्द्रागिरि हिल्सको सेयर मूल्य सर्वाधिक ८.४३ प्रतिशतले घटेको छ ।

नेप्सेमा पहिरो आएको दिन महिला लघुवित्त र विशालबजार कम्पनीको सेयर मूल्यमा भने पोजिटिभ सर्किट लागेको छ । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा अन्य ३ कम्पनीको मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्