Shikhar Insurance

१० अर्बको एनएआरएन फन्डका सीईओ भट्टराईले लिए सपथ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १८:२८
NIMB
Nabil Bank

काठमाडौं । १० अर्बको एनएआरएन फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईले सपथ लिएका छन् । भट्टराईले फन्डका अध्यक्ष उपेन्द्र महत्तोबाट सपथ लिएका हुन् ।

गैरआवासिय नेपालीहरुको लगानीमा स्थापना भएको १० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको अध्यक्ष उपेन्द्र महतो र सीईओमा पूर्व बैंकर अनलराज भट्टराई नियुक्त भएका थिए । भट्टराईकै व्यवसायीक योजनामा फन्डको अवधारणा तय गरिएको थियो । भट्टराई यसअघिसम्म फण्डको सल्लाहकार थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

१० अर्बको फण्डमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ । १० अर्बको फन्डले ८० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । फन्डले नेपालको उद्यम, व्यवसाय र पुर्वाधारमा लगानी गर्नेछ ।

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्