Shikhar Insurance

खुद व्याज आम्दानी घटेपनि राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्ब २७ करोड, यस्ता छन् प्रमुख वित्तीय परिसूचक

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार ०७:५२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रूपैयाँभन्दा बढी खुद मुनाफा गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशत बढी हो भने वितरणयोग्य मुनाफा १६२.७९ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ८.९८ प्रतिशतले घटेर ६ अर्ब ३४ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी ४६.६७ प्रतिशतले बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ६.१५ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म २ खर्ब ४० अर्ब ७२ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ६७ अर्ब ५१ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर ३.६२ प्रतिशत पुगेको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 240725495

कर्जा : 167518256

खुद नाफा : 3270085

वितरणयोग्य मुनाफा : 3043352

खुद ब्याज आम्दानी : 6345924

सञ्चालन मुनाफा : 4424541

कोषको लागत : Rs. 3.39

खराब कर्जा : 3.62 %

आधार ब्याजदर : 5.5 %

स्प्रेड दर : 4.4 %

 

GBIME

प्रतिक्रिया दिनुहोस्