Shikhar Insurance

एनएमबि बैंकले सुनको मूल्यमा ठगेको भन्दै उद्योग मन्त्रालयमा उजुरी

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार ०९:५२
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले सुनको मूल्यमा उपभोक्तालाई ठगेको आरोप लागेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले एनएमबि बैंकले सुनको मूल्यमा ठगेको भन्दै उद्योग मन्त्रालयमा उजुरी हालेका छन् । उनले एनएमबि बैंकलाई कडा कारवाही गर्न माग समेत गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा हालिएको उजुरीमा बैंकले प्रति ग्राम सुनमा ४४९ रुपैयाँ ठगेको आरोप लगाईएको छ ।

‘नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्रि बितरण सम्बन्धी कार्यबिधि, २०६८ को नियम ५ अनुसार बैंकहरुले सुनको बिक्रि मूल्य कायम गर्दा आयात गरी सम्बन्धीत क्षेत्रमा पुर्याउदा लाग्ने प्रत्यक्ष लागतमा अधिकतम ०.५ प्रतिशत भन्द बढि हुने गरी मार्कअप गर्न नपाइने व्यवस्था गरेकोछ । तर हामीलाई प्राप्त सूचना अनुसार यही अप्रिल २४ तारिख २०२१ (२०७८ बैशाख ७ गते) का दिन श्री एन. एम. बि. बैंकले प्रति दश ग्राम सुन बिक्रि गर्दा कूल लागत मूल्य रकम रु. ७७०४०।०० मात्र भुक्तानी लिनु पर्नेमा रकम रु. ७७,४९०।०० लिएको पाइएकोछ । यसबाट उक्त बैंकले आफना ग्राहकसंग प्रति दश ग्राम रु. ४४९।०० (चारसय उन्नपचास रुपैंया) बढि लिईदै आएको देखिएकोछ ।’, उजुरीमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महर्जनले नेपाल राष्ट्र बैंकलाई बोधार्थ गरि मन्त्रालयमा उजुरी हालेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्