Shikhar Insurance

ज्योति लाइफको छलाङः बीमा शुल्क १०० प्रतिशत बढ्दा अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १२:२८
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको चैत मसान्त अवधीमा आफ्नो खुद बीमा शुल्क १०० प्रतिशत बढाउन सफल भएको छ । गत आवको चैत मसान्त सम्मकाे अधवीमा एक अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधीमा त्यस्तो बीमा शुल्क २ अर्ब २८ करोड रुपैयाँ पुर्याएको हो ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोष पनि ३ अर्ब ४९ करोड रुपैयाँको भएको छ । जबकी गत आवको चैत मसान्त सम्ममा कम्पनीको जीवन बीमा कोषमा जम्मा एक अर्ब ४० करोड रुपैयाँ मात्रै थियो । त्यसरी हेर्दा ज्योति लाइफको जीवन बीमा कोष १४९.२८ प्रतिशतले बढेको देखिन्छ । कम्पनीको जगेडा तथा कोषमा ६० करोड रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले बीमालेख धितोमा ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने दिर्घकालिन लगानी तथा कर्जा ४ अर्ब ८९ करोड रुपैयाँ प्रवाह गरेको छ । गत आवको चैत मसान्त अवधीमा दिर्घकालिन लगानी तथा कर्जाको आकार जम्मा २ अर्ब ७३ करोड रुपैयाँ मात्रै रहेकाे थियो ।

कम्पनीले हालसम्म ५ अर्ब ४७ करोड बीमा शुल्क आर्जन गरेको देखिन्छ । ज्योति लाइफले पछिल्लो तीन महिनमा २५ हजार एक सय ५० वटा नयाँ बीमालेख बिक्रि गरेको छ । कम्पनीको हालसम्म ८३ हजार एक सय ६७ वटा बीमालेख बिक्रि गरेको देखिन्छ । जुन गत आवको चैत मसान्त अवधीमा ४१ हजार एक सय २६ वटा थियो ।

कम्पनीले हाल प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बार्षिक बोनस दिँदै आएको छ । ज्योति लाइफको प्रति सेयर आम्दानी ७.३२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.३३ रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीले १० करोड ११ लाख ५२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८९ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको नाफा १२ करोड ७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ११ करोड ४१ रुपैयाँ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्