Shikhar Insurance

राजधानीमा लकडाउन ३.० : वैशाख १६ गतेबाट अत्यावश्यक बाहेक सबै सेवा बन्द

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

राजधानीमा खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु सेवा बन्द हुनेछन् । वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने तयारी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार बसेको सीसीएमसीको वैठकले पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरी जिल्ला र २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । त्यस्तो निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिईएको हो ।

यो निषेधाज्ञा तेस्रोपल्ट लगाइएको हो । सरकारले २०७६ चैत ११ देखि देशव्यापीरूपमा तथा भदौ ३ गतेदेखि राजधानीमा निषेधाज्ञा जारी गरिएको थियो ।

यो निषेधाज्ञामा बैंक तथा सरकारी कार्यालयलगायत अति आवश्यक सेवा भने खुला रहने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्