Shikhar Insurance

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १७:५४
NIMB
Nabil Bank

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पे लाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ । आइएमई पे ले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासंगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्