Shikhar Insurance

नेप्सेको निर्देशन : सेयर बेचेको पैसा सजिलै दिनु, लकडाउनमा कारोबार यसरी गराउनु

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले सेयर ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर सेयर कारोबार गर्न परिपत्र गरेको छ । नेप्सेले ब्रोकरहरूलाई विश्व स्वस्थ्य संगठन, नेपाल सरकार र नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार जारी राख्न परिपत्र गरेको हो ।

नेप्सेले सकेसम्म अनलाईन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न निर्देश गरेको छ । नेप्सेको परिपत्रमा अनलाइन माध्यमबाट हुने कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउने भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेयर बिक्रीको रकम लिन भौतिक रूपमा ब्रोकर कार्यालय उपस्थित हुनुपर्दैन ।

नेप्सेले आफूसँग सम्बन्धित अन्य सबै काम इमेलमार्फत गर्न गराउन धितोपत्र दलाल व्यवसायीहरूलाई निर्देश गरेको हो ।

यस्तो छ नेप्सेको सर्कुलर :

GBIME

प्रतिक्रिया दिनुहोस्