Shikhar Insurance

खुद ब्याज आम्दानी घटेपनि सिद्धार्थको नाफा ५४ प्रतिशतले बढ्यो, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार ०८:३४
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा ५४ प्रतिशतले बढेको छ । गत आवको ९ महिनामा १ अर्ब ३३ करोड नाफा गरेको बैंकले चालु आवमा २ अर्ब ६ करोड ५२ लाख रूपैयाँमात्र खुद नाफा निकालेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ८३ करोड १४ लाख छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा ५० प्रतिशतले बढ्दा खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको खुद ब्याज आम्दानी ६.३ प्रतिशतले घटेर ३ अर्ब ९३ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी १९.८२ प्रतिशतले बढेर ८१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । गत आव बैंकको सञ्चालन मुनाफा १ अर्ब ९८ करोड थियो ।

बैंकले हालसम्म १ खर्ब ७२ अर्ब ३१ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ५३ अर्ब ५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा २.२४ प्रतिशतबाट ह्वात्तै घटेर ०.८८ प्रतिशतमा सिमित भएको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 172311891

कर्जा : 153055395

खुद मुनाफा : 2065238

वितरणयोग्य मुनाफा : 831449

खुद ब्याज आम्दानी : 3933116

सञ्चालन मुनाफा : 2983944

प्रतिसेयर आम्दानी : Rs. 25.28

नेटवर्थ : Rs. 181.89

कोषको लागत : Rs. 5.09

खराब कर्जा : 0.88 %

आधार ब्याजदर : 6.99 %

स्प्रेड दर : 3.9 %

GBIME

प्रतिक्रिया दिनुहोस्