Shikhar Insurance

माछापुच्छ्रे बैंकको सन्तोषजनक वित्तीय विवरण, नाफा १० प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार ०९:३२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले सन्तोषजनक प्रगति गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा १०.६१ प्रतिशत बढी नाफा गरेको हो भने अन्य वित्तीय परिसूचकमा पनि सामान्य सुधार आत्मसाथ गरेको पाइएको छ ।

बैंकले यस अवधिमा १ अर्ब २९ करोड ६ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड ६८ लाख रूपैयाँ नाफा गरेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १८ करोड ८२ लाखबाट बढेर ८४ करोड ६९ लाख रूपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढ्दा बैंकको खुद मुनाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३ करोडबाट ४.०९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी पनि १३.६२ प्रतिशतले बढेर ८२ करोड ८८ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आव बैंकको सञ्चालन मुनाफा १ अर्ब ७८ करोड रूपैयाँ मात्र थियो ।

बैंकले हालसम्म १ खर्ब २५ अर्ब ४९ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १२ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेर ०.५१ प्रतिशत पुगेको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 125498311

कर्जा : 112574996

खुद ब्याज आम्दानी : 3163189

सञ्चालन मुनाफा : 1944723

खुद मुनाफा : 1290612

वितरणयोग्य मुनाफा : 846909

प्रतिसेयर आम्दानी : Rs. 19.01

नेटवर्थ : Rs. 139.3

कोषको लागत : Rs. 5.1

खराब कर्जा : 0.51 %

आधार ब्याजदर : 7.09 %

स्प्रेड दर : 4.04 %

GBIME

प्रतिक्रिया दिनुहोस्