Shikhar Insurance

निषेधाज्ञा, लकडाउन जे भएपनि पेट्रोल र ग्यासको अभाव हुन्नः आयल निगम

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञा वा लकडाउन जे भएपनि देशमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले निगमको आपूर्ति चुस्त दुरुस्त रहेको र अभाव नहुने बताए । ‘सम्भावित परिदृश्यलाई हेरेर आपूर्ति सन्यन्त्रलाई व्यवस्थित गरिसकेका छौं, क्षमता अनुसार भण्डारण गरिएको छ र निरन्तर आयातको प्रबन्ध मिलाईएको छ, लकडाउन वा निषेधाज्ञा जे सुकै भए पनि पट्रोलियम पदार्थको अभाव हुने छैन’, निगमका प्रबन्ध निर्देशक पौडेलले सिंहदरबारसँग भने ।

निगमका प्रवक्ता विनितमणी उपाध्याले पनि कुल भण्डारण क्षमताको ८० प्रतिशत स्टक रहेको र थप आयातका लागि ट्यांकरहरूलाई सकेजति मोबिलाइज गर्न निर्देशन दिईसकेको बताए । एलपी ग्यासका लागि उस्तै तयारी छ । निगमसँग ग्यासको आफ्नै भण्डारण नभएकाले एलपी ग्यास उद्योगहरूलाई सकेसम्म बढी आयात गर्न भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एलपी ग्यास सीमाबाट टाढाको दुरीबाट आयात गर्नुपर्छ । एकतर्फी बाटो नै ११ सय किलोमिटर हुन्छ । विरगञ्जबाट तारादीप, मथुरा, हल्दिया टाढा पर्छ । सबैभन्दा नजीकको बरौनी हो, त्यो नै २५० किमि टाढा छ ।

निगमले अघिल्लो वर्षको अनुभवलाई आपूर्ति व्यवस्थामा उपयोग गर्ने भएको छ । उपाध्यायले भने, ‘गत वर्ष एलपीजी ल्याउन तथा राजधानीमा पनि केही समस्या देखिएको थियो । यो वर्ष त्यसो हुन नदिन तयारी अवस्थामा बस्न भनेका छौं ।’ त्यहीअनुसार उनीहरुले उपभोक्तालाई खाली सिलिन्डर भर्न आग्रह गरेका छन् ।

डिजेल, पेट्रोल, मट्टितेल तथा हवाइ इन्धनतर्फ कुल भण्डारण क्षमता ७० हजारको ८० प्रतिशत मौज्दात रहेको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए । ‘त्यसलाई फुल बनाउन निर्देशन भइसकेको छ’ ,उपाध्यायले भने ।

सामान्य अवस्थाको बिक्रीका आधार निगमको भण्डरण क्षमताले पेट्रोलतर्प ५ देखि ६ दिन र डिजेलतर्फ ८ देखि ९ दिनका लागि पुग्छ । तर, लकडाउन हुँदा बिक्री पनि घट्ने भएकाले माग र आपूर्ति बीच सन्तुलन हुने दाबी निगमको छ ।

भण्डारण पनि क्षमताअनुसार नै रहेका कारण कसैले पनि आत्तिनु पर्ने अवस्था नरहेको विश्वास उपाध्यायले दिलाए ।‘गत वर्ष अझ असहज स्थितिमा पनि कुसल व्यस्थापन गरिसकेको हुँदा कोही आत्तिनु पर्दैन’, उनले भने, ‘यो वर्ष थप परिपक्व भएका छौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्