Shikhar Insurance

सरकारद्वारा त्रिभुवन बिमानस्थललाई ट्रान्जिट बनाउन प्रतिबन्ध

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार १४:३१
NIMB
Nabil Bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गर्नबाट रोक लगाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउनबाट रोकेको हो ।

अब यात्रुहरूले बुधबार राति १२ बजेदेखि त्रिविलाई ट्रान्जिट बनाएर उड्न पाउने छैनन् । अध्यागमन विभागले जारी गरेको सूचना अनुसार वैशाख १५ गते राति १२ बजेदेखि तेस्रो मुलुक प्रवेश गर्ने उद्देश्यले नेपाल आउन तथा ट्रान्जिटका रूपमा प्रयोग गर्न मिल्दैन ।

Citizen Life
Kumar Bank
Nepal Life

विभागले नेपाललाई अन्तिम गन्तव्य मानि प्रवेश गर्न भने खुलै राखेको छ । भारतमा कोरोना संक्रमण उच्च हुँदा विदेशी नागरिकबाट त्रिविको प्रयोग बढी हुँदै आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्