Shikhar Insurance

‘बादल’को ठाउँमा अर्को राष्ट्रिय सभा सदस्य छान्न १ करोड ६१ लाख चाहिने

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार १८:५३
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ ।

कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’लाई पार्टीबाट निष्काशन गरेसँगै उनको स्थान रिक्त भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैबीच, आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्