Shikhar Insurance

बैंकिङ कसूरमा सजाय पाएर फरार पक्राउ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । उच्च अदालत पाटनको वि.सं. २०७७ चैतको फैसलाले दोषीठहर भई फरार रहेका बागलुङ घर भई काठमाडौँ बस्दै आएका नारायण आचार्यलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

उनलाई अदालतले १४ दिन कैद र रु २७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेको आचार्यलाई आज काठमाडौँको गुर्जुधाराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका उपनिर्देशक एवम् प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

Citizen Life
Kumar Bank

यस्तै उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी फरार रहेका काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुका कैलाशप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको सिआइबीले आज एक सूचना जारी गरी जनाएको छ । उनलाई अदालतले सात दिन कैद र ३० लाख रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्