Shikhar Insurance

एनएमबि बैंकको खुद मुनाफा ८७ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ०८:०६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनएमबि बैंकले २ अर्ब ५१ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा ८७.८ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकले अघिल्लो आवको यही अवधिमा १ अर्ब ३४ करोड रूपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २७ करोड ५७ लाख रूपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी समान्य बढेपनि नाफामा उल्लेख्य बढोत्तरी भएको हो । खुद फि तथा कमिसन आम्दानीमा ३८ प्रतितशतले बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २९ करोडबाट ०.३१ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ९० लाख रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी पनि ६६ करोडबाट बढेर ९१ करोड १४ लाख पुगेको छ ।

बैंकले यस अवधिमा ३ अर्ब ६१ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ९३ करोड रूपैयाँ मात्र थियो ।

बैंकले हालसम्म १ खर्ब ५५ अर्ब ३५ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४८ अर्ब २७ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंक व्यवसाय विस्तारतर्फ आक्रामक देखिन्छ। एक वर्षमा बैंकको निक्षेप र कर्जा क्रमशः १८ प्रतिशत र २८.१९ प्रतिशतले बढेको हो ।

बैंकको निष्क्रिय कर्जा पनि घटेर १.९७ प्रतिशतमा आइपुगेको छ । १६ अर्ब ३२ करोड रूपैयाँ चुक्तापुँजी भएको एनएमबि बैंकको रिजर्भमा ४ अर्ब ४८ करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधारदर ९.९९ प्रतिशतबाट ७.१९ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ४.८८ प्रतिशतबाट ३.३७ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 155359218
कर्जा : 148272490
खुद ब्याज आम्दानी : 4309018
सञ्चालन मुनाफा : 3617619
खुद मुनाफा : 2516487
वितरणयोग्य मुनाफा : 2275789
प्रतिसेयर आम्दानी : Rs. 20.64
कोषको लागत : 5.37 %
खराब कर्जा : 1.97 %
आधार ब्याजदर : 7.19 %
स्प्रेड दर : 3.37 %

GBIME

प्रतिक्रिया दिनुहोस्